चर्चित गायक तथा सर्जक प्रकाश सपुतलाई कोरोना

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७८, शुक्रबार

तस्बिर:फाइल

काठमाडौं: चर्चित गायक तथा सर्जक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको परीक्षणमा उहाँमा कोभिड संक्रमण पुष्टि भएको हो।

शरीर भारी हुने, टाउको दुख्नेजस्ता समस्या भएपछि संक्रमणको आशंकामा उहाँले पीसीआर परीक्षण गर्नुभएको थियो । संक्रमण पुष्टि भएपछि गायक सपुत अहिले होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

आफुमा संक्रमण पुष्टि भएपछि उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय आफ्नो सम्पर्कमा रहनुभएकाहरुलाई कोरोना परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको उहाँले बताउनुभएको छ । कोभिड जित्न सकिन्छ भन्ने आत्मवल राख्न तर यसलाई सामान्य नठान्न सबैमा अपिल गर्नुभएको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech