एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७८, शुक्रबार

काठमाडौं: एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पुर्याउन समस्या भइरहेको अवस्था रहेको भन्दै मन्त्रालयले जिल्लाभित्र रहेका एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नं को व्यवस्था गरिदिन अनुरोध गरेको छ ।

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरूलाई जिल्लाभित्र एकीकृत रुपमा परिचालन गर्न मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले पत्र लेखेको हो ।

 

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech