खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७८, शुक्रबार

तस्बिर:फाइल

काठमाडौं: खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहिबार पीसीआर परीक्षण गर्दा उहाँमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उहाँ घरमै आइसोलेसनमा बस्नुभएको छ ।

‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । सचिवालयका अन्य सबैको रिपोर्ट भने नेगेटिभ आएको छ।

चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उहाँको सचिवालयमा रहेका १० जनाको पीसीआर परीक्षण गरिएको थियो ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech