भेरी अस्पतालमा जागिरको अवसर,विभिन्न पदका लागि दरखास्त आव्हान

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७८, शुक्रबार

नेपालगन्ज: भेरी अस्पतालले करारमा चिकित्सक तथा अन्य कर्मचारी पदपुर्ति गर्ने भएको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न १९ पदका लागि दरखास्त आव्हान गरेको हो ।

नेपाल सरकारको बैशाख १४ को सचिव स्तरिय निर्णय तथा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईको सोहिदिनको परीपत्र र निर्देशन अनुसार अस्पतालको रिक्त दरबन्दीमा सेवा करारका लागि दरखास्त आव्हान गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले करारमा एनेस्थियोलोजिस्ट एकजना , ई एन टी सर्जन दुईजना, फिजिसियन दुईजना, बालरोग विशेषज्ञ एकजना, डर्माटोलोजिस्ट दुईजना, जनरल सर्जन एकजना, ओरल एण्ड मेस्जियोफेसियल सर्जन एकजना, नेफ्रोलोजिस्ट दुई जना, प्लास्टिक सर्जन एकजना माग गरेको छ ।

त्यस्तै न्यूरोलोजिस्ट र न्यूरोसर्जन एक-एक जना, चेस्ट डिजिज फिजिसियन एकजना, कार्डियोलोजिस्ट एकजना, फरेन्सिक मेडिसिन अधिकृत एकजना, उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट एकजना  समेत माग गरिएको छ ।

अस्पतालले मेडिकल अधिकृत दुईजना, शाखा अधिकृत एकजना, फिजियोथेरापीस्ट असिस्टेन्ट एकजना र पलम्बर एकजनाका लागि दरखास्त आव्हान गरेको हो । अस्पतालले सूचना जारी भएको ७ दिन भित्र दरखास्त दिन भनेको छ ।

हेर्नुहोस् अस्पतालले जारी गरेको सूचना

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech