पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३५ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३५ जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २४६ पुगेको छ। आज देशभर चार हजार ९२८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ५९७ जनाका पिसिआर र ९६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा चार हजार ९२८ जनालाई संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख १७ हजार ५३० पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३४ हजार ११७ पुगेको छ।आज देशभर ८८८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ८० हजार १६७ संक्रमित निको भइसकेका छन्।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech