कोभिड संक्रमित थप दुईजनाको मृत्यु, ३३ वर्षिय युवा पनि अस्ताय

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेमा थप दुईजना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेका जिल्लाका दुई ठूला अस्पतालमा एक-एक जना संक्रमितको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा नेपालगन्ज-८ बाँकेका ३३ वर्षिय पुरुष र टिकापुर नगरपालिका-१ कैलालीका ५१ वर्षिया महिला हुनुहुन्छ । कैलालीमा बैशाख १४ गते पीसीआर परीक्षण गर्नुभएका ५१ वर्षिया महिलालाई उपचारका लागि भेरी अस्पताल ल्याइए पुर्याए लगत्तै बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज ८ का ३३ वर्षिय पुरुषले नेपालगन्ज मेडिकल कलेजमा बैशाख १३ गते पीसीआर परीक्षण गर्नुभएको थियो । अस्पतालमा १५ गते हिजो भर्ना गरि उपचार सुरु गरिएको भएपनि उहाँको आज बिहान १०:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा बाहिर जिल्लाका १११ जना र जिल्लाका १०८ जनाले हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । हिजो रातिबाट बिहान १०:३० बजेसम्म बाँकेका अस्पतालमा संक्रमणसँग संघर्ष गरिरहेका १० जनाको मत्यु भईसकेको छ

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech