पूर्वप्रधानमन्त्री डा.भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया वीर अस्पतालमा हुने

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७८, बिहीबार

तस्बिर:फाइल

काठमाडौं: पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ।

वीर अस्पतालमा डा.सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुने भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो । उहाँले नेता भट्टराई आजै अस्पताल भर्ना हुने र भोलि वैशाख १७ गते नै शल्यक्रिया हुने जानकारी दिनुभयो ।

यसअघि चिकित्सकहरुले इन्डोक्राइनको ट्युमर भएको शंका गरेपछि भारतको दिल्लीमा भट्टराईको स्वास्थ्य परीक्षण गरिएको थियो । बायोप्सी, डीओटीए एनओसी परीक्षण, पीईटी सीटी स्क्यानसहित अन्य परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको जनाएका थिए ।

पेटमा समस्या देखिएपछि भट्टराईले भारत जानु अघिसम्म लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनुभएको थियो । फागुन ९ गते भारत पुगेर उपचार गराउनुभएका भट्टराईलाई चिकित्सकहरुले देखिएको ट्युमरलाई ढिला नगरी दुई तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने सुझाव दिएका थिए ।

त्यही सुझाव अनुसार उहाँ शल्यक्रियाका लागि आजै वीर अस्पतालमा भर्ना हुन लाग्नुभएको छ ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech