भेरीमा अक्सिजन ट्यांक निर्माण सुरु

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७८, बिहीबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जले लिक्युड अक्सिजन  अक्सिजन ट्यांक निर्माण सुरु गरेको छ ।

कोरोना महामारीका कारण अक्सिजन अभावको अवस्था आएपछि यो समस्यालाई दीर्घकालिनरुपमा समाधान गर्न अक्सिजन ट्यांक निर्माणमा लागिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो ।

अस्पतालमा अक्सिजन आवश्यक पर्ने विरामी थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दीर्घकालिन समाधानको बाटो खोजेको हो । कम्तिमा दुईहजार लिटर क्षमताको अक्सिजन ट्यांक निर्माण सुरु गरिएको अध्यक्ष धितालले बताउनुभयो ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन् । अक्सिजन ट्यांक निर्माणपछि अक्सिजन भण्डार गरिनेछ ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech