नेपालगन्जः भेरी अस्पताल नेपालगन्जले लिक्युड अक्सिजन अक्सिजन ट्यांक निर्माण सुरु गरेको छ ।
कोरोना महामारीका कारण अक्सिजन अभावको अवस्था आएपछि यो समस्यालाई दीर्घकालिनरुपमा समाधान गर्न अक्सिजन ट्यांक निर्माणमा लागिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो ।
अस्पतालमा अक्सिजन आवश्यक पर्ने विरामी थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दीर्घकालिन समाधानको बाटो खोजेको हो । कम्तिमा दुईहजार लिटर क्षमताको अक्सिजन ट्यांक निर्माण सुरु गरिएको अध्यक्ष धितालले बताउनुभयो ।
अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन् । अक्सिजन ट्यांक निर्माणपछि अक्सिजन भण्डार गरिनेछ ।