कैलालीको टीकापुर र सेती अस्पतालका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७८, बिहीबार

धनगढी: कोरोना भाइरस संक्रमण तिब्र रपमा फैलिदै गएपछि कैलालीको टीकापुर अस्पताल र सेती अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् ।

संक्रमण दर निरन्तर उकालो लाग्दै गएपछि बुधबार सूचना जारी गर्दै दुवै अस्पतालले आकस्मिक सेवा, प्रसूति सेवा, अत्यावश्यक खोप सेवा, एआरटी सेवा, क्षय तथा कुष्ठरोग सेवाबाहेकका सम्पूर्ण बहिरंग सेवा बन्द गर्ने जनाएका हुन् ।

टीकापुर अस्पतालका चिकित्सक डा.रमेशप्रसाद उपाध्यायले कोरोना दिन प्रतिदिन बढिरहेकाले अत्यावश्यक अवस्थामा बाहेक अस्पतालमा नआउन समपुर्ण नागरिकलाई अनुरोध गरेको जानकारी दिनुभयो ।

अब अस्पतालमा अन्य बिरामीको भिड गर्न थप जोखिम भएको छ । अस्पतालले विगतजस्तो निरन्तर सेवा दिन सक्ने अवस्था छैन, उहाँले भन्नुभयो ।

उता सेती अस्पतालले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार आजदेखि बहिरंग र इलेक्टिभ सर्जरी सेवा बन्द गरेको जनाएको छ । अस्पतालले बिरामीहरुको सजिलोको लागि अस्पतालमा कार्यरत चिकित्सकको परामर्श लिन सक्ने गरी सम्पर्क नम्बरहरु भने उपलब्ध गराएको छ ।

 

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech