पूर्वरानी कोमल शाह नर्भिक अस्पतालको आईसीयूमा

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७८, बिहीबार

तस्बिर:फाइल

काठमाडौं: श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ ।

कोभिड–१९ संक्रमण देखिएपछि चार दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा दम्पती र छोरी प्रेरणालाई भर्ना गरिएको थियो ।पूर्व राजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको अवस्था सन्तोषजनक र सुधारउन्मुख देखिएको छ।

अस्पतालका अनुसार पूर्वरानी कोमल शाहलाई भने अहिले हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ ।

पूर्वरानी कोमल शाहलाई चिकित्सकहरुको निरन्तर निगरानीमा राखिएको बुझिएको छ। यसअघि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech