बाँकेमा बुधबार ५५३ कोभिड संक्रमित थपिए, ८८ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १५ बैशाख २०७८, बुधबार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेमा आज कोभिडका ५५३ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्लाका ३ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५४७ जना र जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा ६ जना गरि कुल ५५३ जनामा बुधबार संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

बुधबार भेरी अस्पतालको पीसीआर प्रयोगशालामा २८८ नमुना जाँच गर्दा २३३ जना, नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा २६८ नमुना परीक्षण गर्दा २०६ जना, बागेश्वरी ल्याबमा १३१ नमुना जाँच गर्दा १०८ जनामा संक्रमण पुष्टि भएको हो ।

जमुनाह नाकामा ६६ जनाको एन्टिजेन विधीबाट परीक्षण गर्दा ६ जनामा कोभिड संक्रमण पुष्टि भएको फोकलपर्सन ओलीले जानकारी दिनुभएको हो ।

जिल्लामा आज कोरोना संक्रमणबाट निको भएर ८८ जना डिस्चार्ज भएका छन् ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech