बैजनाथका संक्रमित पुरुषको मृत्यु, बाँकेमा मृतक संख्या एक सय पुग्यो

    • स्वास्थ्य पेज

  • १५ बैशाख २०७८, बुधबार

तस्विर: फाइल

नेपालगन्जः कोरोना भाइरसबाट बाँकेमा मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।

बैजनाथ गाउँपालिका ६ का ५६ वर्षीय पुरुषको मृत्यु भएसँगै बाँकेमा भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको हो । स्वास्थ्यमा समस्या भएपछि १३ गते उनी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका थिए ।

त्यसैदिन पीसीआर परिक्षण गरिएको थियो । भोलिपल्ट रिपोर्ट पोजेटिभ आयो । उनको उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय पुगेको हो ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech