दुई हप्तामा भेरी अस्पतालका ७३ जना स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित

    • स्वास्थ्य पेज

  • १५ बैशाख २०७८, बुधबार

तस्बिर: भेरी अस्पतालको प्रयोगशालामा कोभिड परिक्षणमा व्यस्त स्वास्थ्यकर्मीहरु

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालका ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारी भाइरस संक्रमित भएका छन् । दोस्रो भेरियन्टको भाइरस संक्रमणबाट दुई हप्तामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालले आफ्नो फेसबुक पेजमा कोभिड १९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको संक्रमण उल्लेख्य रुपमा देखा परेको उल्लेख गरेको छ ।

बैशाख १ गते आजसम्म ७३ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । नर्सिङस्टाफ ३३ जना, चिकित्सक ८ जना, प्यारामेडिक्स ८ जना, सहायक कर्मचारीहरु २२ र प्रशासनसँग आबद्ध २ जना गरी अहिलेसम्म ७३ जना संक्रमित भएका छन् ।

कैयौं नर्सिङस्टाफ संक्रमित भएर पनि आफुजस्तै संक्रमितको उपचारमा खटिएका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि बिरामीको सेवामा अहोरात्र खटिएका सबै कर्मचारीप्रति अस्पतालले आभार प्रकट गरेको छ ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech