भारतमा पछिल्लो २४ घण्टामा २ हजार ७७१ जनाको मृत्यु, ३ लाख २३ हजार बढी नयाँ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १५ बैशाख २०७८, बुधबार

तस्बिर:बिबिसी

नेपालगन्जः तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा थप दुई हजार ७७१ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९७ हजार ८९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २३ हजार १४४ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७६ लाख ३६ हजार ३०७ पुगेको तथ्यांक छ ।

कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ । तर पनि संक्रमण उच्च स्तरमा फैलिरहेको छ । कतिपय अस्पतालमा अक्सिजन नपाएर संक्रमितहरु छटपटाइरहेका दृश्यहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् ।

 

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech