नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार २२५

    • स्वास्थ्य पेज

  • १५ बैशाख २०७८, बुधबार

नेपालगन्जः नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार २२५ छ । कोरोनाका कारण तीन हजार १९४ संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म तीन लाख सात हजार ९२५ जनामा कोरोना संक्रमण भइसकेको छ । दुई लाख ७८ हजार ५०६ संक्रमित निका भइसकेका छन् । तथ्यांक अनुसार नेपालमा हालसम्म २४ लाख ३२ हजार ८९ पीसीआर परीक्षण गरिएको छ ।

क्रमण समुदायस्तरमा उच्चस्तरमा फैलिरहेको छ । अस्पतालमा बेड, आईसीयू र भेन्टिलेटरको अभाव देखिन सुरु भइसकेको छ । सरकारले अक्सिजन प्रयोग हुने उद्योगहरु अर्को सूचना नआउँदासम्मका लागि बन्द गर्न निर्देशन दिइसकेको छ । २० हजार अक्सिजन सिलिण्डर तत्काल भारतबाट खरिद गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरिसकेको छ ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech