भेरी अस्पतालमा कोभिडबाट ३१ र ३७ बर्षका दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

तस्बिर:फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै जना तुलसीपुर उपमहानगरपालिका दाङका हुन् ।

तुलसीपुर उपमहानगपालिका-७ का ३१ बर्षका १२ गते भेरीमा भर्ना भएका थिए । त्यसैदिन उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारका त्रममा बेलुका साढे ६ बजे मृत्यु भएको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका-६ की ३७ वर्षीया महिलाको पनि उपचारकै क्रममा आज मृत्यु भएको छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले राप्ती प्रतिष्ठान घोराहीमा पीसीआर जाँच गराएकी थिइन् ।

उनको दुई गते भाइरस पुष्टि भएको थियो । उनी चार गते भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको छ ।

योसँगै उपचारका लागि बाँके आएका १ सय ८ जना संक्रमितको मृत्यु भएको छ ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech