बाँकेमा मृत्यु दर बढ्दो, दिनभरिमा ७ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

तस्बिर:फाइल

नेपालगन्ज: भेरी अस्पतालमा कोरोना संक्रमित थप एकजना बिरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका-२ का ४५ वर्षिय महिलाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि बैशाख ९ गते अस्पतालमा भर्ना हुनुभएको उहाँको बैशाख १२ गते पीसीआर परीक्षण गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा बैशाख १४ गते आज साझँ ६ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण बाँके जिल्लाका ९७ जनाले ज्यान गुमाइसकेका छन् ।

आज बैशाख १४ गते मंगलबार साझँ ६ बजेसम्म ७ जनाको मृत्यु भएको रिर्पोट जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सार्वजनिक गरेका छ ।

बाँकेमा आज मृत्यु हुुनेहरुको विवरण निम्न अनुसार छ ।
– कोहलपुर नगरपालिका-१ का ६० वर्षिया महिला
– तुलसिपुर उप-महानगरपालिका ९ दाङ का ७४ वर्षिया महिला
– बैजनाथ गाउँपालिका-१ चिसापानीका ४३ वर्षीय पुरुष
– नेपालगन्ज उप-महानगरपालिका-६ फुलटेक्राकी ७२ वर्षीया महिला
– खजुरा गाउँपालिका-२ का ४८ वर्षीया महिला
– नेपालगन्ज उपमहानगरपालिका-७ का ५१ बर्षका पुरुष
– नेपालगन्ज उपमहानगरपालिका-२ का ४५ वर्षिय महिला
केन्द्रले हिजो नै मृत्यु भएको भएपनि नेपालगन्ज उप-महानगरपालिका-३ बाँकेका २६ वर्षिय पुरुषको मृत्युको सूचना आज बिहान दिएको थियो ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech