कोभिडबाट भेरीमा नेपालगन्जका अर्का पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्जः नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ७ फुलटेक्राका ५१ बर्षका पुरुषको उपचारका क्रममा आज अपरान्ह ४ः २० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई बैशाख २ गते कोरोना पुष्टि भएको थियो । तर उनी होमआइसोलेसनमा बसेका थिए । संक्रमणले च्याप्दै गएपछि उनी बैशाख ७ गते अस्पताल भर्ना भएका थिए ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech