कोरोनाको हटस्पट बाँकेमा निषेधाज्ञापछि नेपालगन्जको अवस्था(फोटो फिचर)

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

नेपालगन्ज: कोरोना भाइरस संक्रमण दर निरन्तर रुपमा उकालो लाग्दै गएको बाँकेमा यसको रोकथाम र नियन्त्रणका लागि प्रशासनले लकडाउन गरेको छ । सुरुमा नेपालगन्ज उप-महानगरपालिका मात्र लकडाउन गरेको प्रशासनले आजबाट भने पुरै जिल्ला लकडाउन गरेको छ । मानिसहरुको मुभमेन्ट रोक्नसके कोभिड नियन्त्रणमा ल्याउन सकिने आशाका साथ अहिले जिल्ला लकडाउन छ ।

जिल्लाभर लकडाउन जारी गरिएसँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा, जुलुश लगाएतका गतिविधिमा रोक लगाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी आदेशमा लकडाउनको उलङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरीने भनिएको छ ।

जारी लकडाउनमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटिएम जस्ता अत्वाश्यक सेवाबाहेक अरु सबै बन्द छन् ।

हेरौ स्वास्थ्य पेजका लागि पत्रकार समिरमान श्रेष्ठले कैद गरेका तस्बिरहरु:

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech