हेल्थ डेक्सहरुको अनुगमन

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

नेपालगन्जः कोरोना संक्रमणको जोखिम उच्च रुपमा बढन थालेपछि त्यसको न्युनीकरण तथा सावधानीका लागि अपनाइएका संयन्त्रहरुको अनुगमन गरिएको छ । डुडुवा गाउँपालिकाले सिमासंग जोडिएका नाका तथा स्थानहरुमा नेपाल आवतजावत गर्नेहरुको अवस्था तथा केही महिना अघि स्थापना गरिएका हेल्थ डेक्सहरुको मंगलबार अनुगमन गरिएको हो ।

गाउँपालिकाले सिमासंग जोडिएको हेलियाको नयाँबस्ती, छोटी भन्सार र हिरिमिनियाको उद्युमगन्जमा स्थापना गरिएको हेल्थ डेक्सको अनुगमन तथा संक्रमणको अवस्थाबारे अनुगमन गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले आज मंगलबार सबै नाकामा पुगेर अवस्था बारे अनुगमन गर्दै कोरोना संक्रमणको दर उच्च रुपमा बढेकाले जोखिमबाट बच्न उच्च सर्तकर्ता अपनाएको बताउनुभयो ।

उहाँले यो समयमा सम्पूर्ण नागरिकहरु विशेष सावधानी अपनाएर घरभित्रै बसेर स्वास्थ्य सुरक्षाको ख्याल गर्नुपर्ने भन्दै नाकामा आवत जावत गर्ने मानिसहरुको जाँचको कार्यलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिनुभयो । यो समयमा कसैलाई पनि केही स्वास्थ्य समस्या देखिएमा तत्काल गाउँपालिकाका स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न सबैलाई आग्रह गर्दै सम्पुर्ण स्वास्थ्य इकाइहरुमा औषधी तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको राम्रो व्यवस्थापन गरेको बताउनुभयो ।

गाउँपालिकाले सिमा नाकामा आउने मानिसहरुको ऐन्टीजिन जाँच तथा कोरोनाको लक्षण देखिएका विरामीहरुलाई पिसिआर स्वाब संकलनका लागि बेतहानी स्वास्थ्य चौकीमा रिफर गर्ने गरिएको स्वास्थ्य शाखा संयोजक बुढाले बताउनुभयो । अनुगमन टोलीमा अध्यक्ष चौधरीसंगै गाउँपालिका अन्र्तगतका विभिन्न स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागिता रहेको थियो । यसैविच गाउँपालिका अन्र्तगत रहेको बाल सुधार केन्द्रमा माग भए बमोजिमको औषधीहरु समेत उपलब्ध गराइएको थियो ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech