कोरोना संक्रमित पूर्वराज दम्पतीलाई अक्सिजन सपोर्ट

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

तस्बिर:फाइल

काठमाडौंः कोरोना संक्रमित भई भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजन सपोर्टमा राखिएको छ ।

नर्भिक अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराज दम्पतीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको जानकारी दिएको हो। उहाँहरु गत शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।

अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्टबिनै उपचार भइरहेको जानकारी दिइएको छ। उपचारमा संलग्न चिकित्सकहरुले उहाँहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको बताएका छन्।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech