खजुराकी ४८ वर्षीया महिलाको कोभिडबाट मृत्य

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँके खजुराकी ४८ वर्षीया महिलाको मृत्यु भएको छ । उनको भेरीमा उपचारका क्रममा मृत्यु भएको छ ।

खजुरा गाउँपालिका-२ की ती महिलाले स्वास्थ्यमा समस्या भएपछि हिंजो कोरोना परीक्षणका लागि नमुना दिएकी थिइन् । उनको रिपोर्ट नआउँदै मध्यान्ह १२ः २० मृत्यु भएको हो । रिपोर्ट भने १ बजे पोजेटिभ आयो ।

योसँगै बाँकेमा कोरोनाबाट ९५ जनाको मृत्यु भएको छ ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech