नेपालगन्ज र बैजनाथका दुई कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

तस्विर: फाइल

नेपालगन्जः बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप दुईजना मृत्यु भएको छ । भेरी अस्प्ताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा एकएक जना संक्रमितको मृत्यु भएको हो ।

भेरी अस्पतालमा बैजनाथ गाउँपालिका-१ चिसापानीका ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी १२ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा आज पौने तीन बजे मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज मेडिकल कलेजमा नेपालगन्ज उपमहानगरपालिका-६ फुलटेक्राकी ७२ वर्षीया महिलाको मृत्यु भएको छ । उनको आज विहान ११ः २५ बजे मृत्यु भएको हो । योसँगै आजमात्रै बाँकेका चारजना मृत्यु भएको छ भने जिल्लामा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech