ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

तस्बिर:फाइल

काठमाडौं: ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उहाँ छाउनी स्थित वीरेन्द्र सैनिक अस्पताल भर्ना भएको उहाँको सचिवालयले जनाएको छ ।

स्वास्थ्य अवस्था सामान्य भएपनि सावधानीका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको उहाँका स्वकीय सचिव लीला जीसीले जानकारी दिनुभयो ।

अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि उहाँलाई कोरोना संक्रमण देखिएको हो ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech