जितिन्छ कोरोना,मंगलबार एकैदिन १०६ जना संक्रमण मुक्त

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज हुनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । संक्रमण मुक्त भई मंगलबार थप १०६ जना डिस्चार्ज हुनुभएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मंगलबार डिस्चार्ज हुनेहरुमा ५० जना महिला र ५६ जना पुरषहरु हुनुहुन्छ ।

उहाँहरु संस्थागत तथा होम आइसोलेसनबाट कोभिड जितेर डिस्चार्ज हुनुभएको हो । यसअघि १३ बैशाखमा एक ७ वर्षिया बालिका सहित जिल्लामा १२५ जनाले कोभिड संक्रमण जितेर डिस्चार्ज भएका थिए ।

संक्रमण करिब नियन्त्रण बाहिर गएको बाँकेमा अहिले यसको नियन्त्रण र रोकथामका लागि प्रशासनले लकडाउन गरिरहेको छ । मानिसको मुभमेन्ट रोकिएका कारण संक्रमण नियन्त्रणमा आउनेमा सबैले आशा गरेका छन् ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech