कोभिड संक्रमित २६ वर्षिय पुरुष सहित तीन जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

तस्बिर:फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप ३ जनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार हुदै आएको नेपालगन्ज मेडिकल कलेजमा २ जना र भेरी अस्पताल नेपालगन्जमा एकजना गरि तीन जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

नेपालगन्ज उप-महानगरपालिका-३ बाँकेका २६ वर्षिय पुरुष, कोहलपुर नगरपालिका-१ का ६० वर्षिया महिला र तुलसिपुर उप-महानगरपालिका-९ दाङ का ७४ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।

स्वास्थ्यमा समस्या आएपछि बैशाख १२ गते नेपालगन्ज मेडिकल कलेजको प्रि आइसोलेसनमा भर्ना भएका नेपालगन्ज ३ का २६ वर्षिय पुरुषको हिजो १३ गते पीसीआर परिक्षण गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको हिजो राती ८: ३० बजे मृत्यु भएको फोकलपर्सन ओलीले जानकारी दिनुभयो ।

त्यस्तै कोहलपुर १ का ६० वर्षिया महिलाको स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेजमा बैशाख १० गते पीसीआर परिक्षण गरिएको थियो । संक्रमण पुष्टि भएपछि बैशाख ११ गते भेरी अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको भएपनि उहाँको आज १४ गते मंगलबार बिहान २:४० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

उता दाङ का ७४ वर्षिया महिलाको बैशाख १२ गते कोभिड आशंकामा नेपालगन्ज मेडिकल कलेजमा पीसीआर परिक्षण गरिएको थियो । संक्रमण पुष्टि भएपछि हिजो बैशाख १३ गते मेडिकल कलेजमै भर्ना गरि उपचार सुरु गरिएको भएपनि उहाँको स्वास्थ्यमा सुधार नआउँदा आज १४ गते बिहान ६:२० बजे मत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा कोभिड उपचारका लागि जिल्ला बाहिरबाट आएका १०६ जना र बाँके जिल्लाकै ९२ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech