देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषदको निर्णय, तत्काल हवाई उडान भने नरोकिने

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

तस्बिर:फाइल

काठमाडौं: सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न देशभरका विद्यालय बन्द गर्ने लागिएको हो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को सिफारिसअनुसार देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसैबिच बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई-मधेसमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ ।

बैठकले तत्काल आन्तरिक उडान चालु राख्ने निर्णय गरेको छ । जुन मापदण्ड बनेको छ त्यही मापदण्डअनुसार उडान सञ्चालन गर्ने भन्ने निर्णय भएको छ ।

अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्नका लागि भने तोकिएको ल्याबबाट पीसीआर परीक्षणको रिपोर्ट लिनुपर्ने निर्णय भएको छ ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech