घोराही र तुलसीपुरका दुई संक्रमित विरामीलाई हेलिकप्टरबाट काठमाडौं लगियो

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

घोराहीः दाङको बेलझुण्डीस्थित कोराना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

तुलसीपुर र घोराहीका कोरोना संक्रमित बिरामीलाई सोमबार थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको हो । तुलसीपुर उपमहानगरपालिका–७ का ३८ वर्षीय एक पुरुष र घोराही उपमहानगरपालिका–१५ का ३३ वर्षीय पुरुषलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताउनुभयो ।

बिरामीका आफन्तको अनुरोधमा उनीहरुको काठमाडौंस्थित हेम्स र ग्राण्डी अस्पतालमा उपचार भइरहेको वलीले जानकारी दिनुभयो ।

संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा शय्या र अक्सिजनको अभाव भएको छ । अस्पतालमा दिनहुँजसो बिरामीको मृत्यु भइरहेको छ । अस्पतालमा भर्ना भएका १२ संक्रमितको मृत्यु भइसकेको छ ।

अस्पतालमा अहिले ५ जना आईसियू र ३८ जना एचडियू शय्यामा गरी ४३ जनाको उपचार भइरहेको व्यवस्थापक वलीले बताउनुभयो ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech