कोरोनाबाट बाँकेमा ९० जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ । कोहलपुर नगरपालिका-२ की ५० वर्षीया महिलाको आज अपरान्ह मृत्यु भएसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको हो ।

आजमात्रै बाँकेमा पाँचजनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी आइतवार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी थिइन् । उनको आइतवारै रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचारका क्रममा उनको अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech