चिकित्सक संघले दियो स्वास्थ्य संकटकाल घोषणादेखि लकडाउन गर्नेसम्मका सुझाव

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

काठमाडौं: नेपाल चिकित्सक संघले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका १८ बुँदे सुझाव दिएको छ।

संघले कोरोना संक्रमण बढी देखिएका जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्दै उक्त जिल्लामा लकडाउन गरेर संक्रमितको सहज उपचारको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।

यस्ता छन् संघका सुझावसहितका माग

१)     नेपालमा पनि सेकेण्ड वेभ आईसकेर कोभिडको नयाँ भेरियन्ट प्रमाणित समेत भई धेरै नागरिकहरुले मृत्युवरण गर्नु परिरहेको परिस्थितिलाई गम्भीर रुपमा लिदै दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको, स्वास्थ्यकर्मी तथा चिकित्सकहरु नै संक्रमित भएको तथा अस्पतालका बेडहरु समेत कोभिड –१९ का कारण  विरामीहरुले भरिएकाले नेपाल सरकारले अबिलम्ब बढी संक्रमित भएका जिल्लाहरुमा मेडिकल इमरजेन्सी घोषणा गरि  बन्दा बन्दी गर्दै नागरिकहरुको स्वास्थ्य उपचारलाई सहज बनाउनु पर्ने ।
२) सरकारी अस्पताल, मेडिकल कलेज तथा निजि अस्पतालहरुसंग समन्वय गरि Elective Surgery तथा नियमित स्वास्थ्य परिक्षणलाई बन्द गर्दै COVID19 को उपचारमा अस्पतालका वार्डलाई प्रयोग गर्नु पर्ने साथै अस्पतालमा बेड अक्सिजन र एचडियुको संख्या तुरुन्त थप गर्नुपर्ने ।
३)  कोभिड अस्पताल घोषणा गरि संक्रमितहरुलाई छुट्टै उपचार गर्नु पर्ने ।
४) स्वास्थ्य संस्थालाई भौतिक तथा प्राविधिक रुपमा सबल र सक्षम बनाउनु पर्ने साथै कोभिड–१९ को उपचारमा प्रयोग हुने सामग्रीहरुको सहज उपलब्धता गराउनु पर्ने ।
५)     कोभिडमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको स्वास्थ्यको जिम्मा नेपाल सरकारले लिने र घोषणा गरिएको जोखिम भत्ता तथा बीमालाई प्रभावकारी रुपमा लागू गरिनु पर्ने ।

६)     सार्वजनिक स्थानहरुमा स्वास्थ्यका मापदण्डको पालनालाई कडाईका साथ लागू गर्नु पर्ने र भिडभाड हुने स्थान र जोखिमयुक्त क्षेत्रहरु बन्द गर्नु पर्ने ।
७) फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी एबम चिकित्सकहरु कोभिड-१९बिरुद्धको खोपबाट अझै पनि बन्चित रहेको हूँदा कोभिड१९ बिरुद्धको खोप यथाशिघ्र उपलब्ध गराउनु पर्ने ।
८) चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको दरबन्दी न्यून भएको हुनाले सो दरबन्दी तुरुन्त थप गर्नु पर्ने र चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पिपिइ र कोभिड१९ सम्बन्धि तालिम दिनु पर्ने ।
९) कोभिड १९ को दोश्रो वेब समुदायमा पनि फैलिसकेको हुनाले पोजिटिभ देखिएका   केसहरुका कन्ट्याक्ट ट्रेसिङ गरि टेस्टको दयारा बढाउनु पर्ने र ज्यतकउयत भएको ठाँउहरुमा फ्री आरटीपिसिआर गरी पोजिटिभ देखिएका केसहरुलाई आइसोलेसनको उचित व्यवस्था मिलाउनु पर्ने ।
१०) कोभिड १९ आइसकेपछि सुरु गरिएका स्वास्थ्यका कार्यक्रम तथा योजनाहरु यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने ।
११)  दिर्घ रोगका उपचारमा रहेका बिरामीहरुको सहज उपचारका लागि छुट्टै उपचारको व्यवस्था गर्नुपर्ने ।

सर्व साधारण नागरिकहरुका लागि 
१)     बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने ,साबुन पानी वा सेनिटाइजरले हात धुने र बालबालिकाहरु तथा परिवारका अन्य सदस्यहरुलाई पनि मास्कको उचित प्रयोग गर्न लगाउने ।
२)     भिडभाड नगर्ने तथा भिडभाड भएको स्थानमा नजाने, भोज भतेर तथा पार्टीहरुमा नेपाल सरकारको मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने ।
३)     आफ्नो पालो अनुसार कोभिड–१९ का बिरुद्ध भ्याक्सिन लिने र सुरक्षाका उपायहरु नियमित रुपमा प्रयोग गर्ने ।
४)     कोभिड–१९ बाट संक्रमित व्यक्तिको सम्र्पकमा आएको अवस्थामा सतर्कता अपनाई आइशोलेसनमा बस्ने ।
५)     ज्वरो, रुघाखोकी अथवा सास फेर्न कठिनाई भएको अवस्थामा तुरुन्त कोभिडको परीक्षण गराई उपयुक्त उपचार गर्ने गराउने ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि
१) स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अपनाएर , सुरक्षाका सामग्रीहरु सहि ढंगबाट प्रयोग गरी आफु सुरक्षित रही आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न गराउनु पर्ने ।
२) चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कोभिड भेरियन्टको बारेमा आम नागरिकलाई सुसुचित  गराउनका लागि आ आफ्नो ठाउँबाट आवश्यक पहल गर्ने ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech