सुर्खेतको कोरोना विशेष अस्पतालका बेड भरिए, अधिकांशलाई अक्सिजन

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

सुर्खेतः वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड १९ अस्पताल कोरोना संक्रमितले भरिएको छ ।

२५ शय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले जानकारी दिनुभयो । जसमध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ ।

उक्त अस्पतालमा दैनिक ४० देखि ५० वटा अक्सिजन सिलिण्डर खपत भएको छ । अधिकांश संक्रमित लक्षण चिन्हसहितका गम्भीर प्रकृतिका छन् । कोरोनाको दोस्रो लहरमा जटिल प्रकृतिका संक्रमितको संख्या वृद्धि हुँदै गएकाले थप समस्या सिर्जना हुन थालेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या दिनहुँ तीव्र गतिमा बढ्दै गएको छ । तर, प्रदेश कोभिड अस्पतालले भने थप संक्रमितलाई भर्ना गर्न सकिने अवस्था नरहेको डा पौडेलको भनाइ छ ।

प्रदेशभर सक्रिय संक्रमितको संख्या ४०० पुगेको छ । तीमध्ये सुर्खेतका मात्रै ३०० छन् । त्यस्तै सल्यानका ६६, दैलेखका ३० र जाजरकोटका ३४ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech