कोहलपुर: नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित एकजना बिरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा कोहलपुर-५ बाँकेका ४५ वर्षिय महिलाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
बैशाख ११ गते शनिबार पीसीआर परिक्षण गर्दा सोही दिन उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । बैशाख १२ गते अस्पताल भर्ना गरि उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज बिहान ७ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
योसँगै कोरोना संक्रमणका कारण बाँकेका ८७ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् ।