उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

काठमाडौं: उपत्यकामा रहेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । कोरोना संक्रमण उपत्यकामा तिब्र रुपमा फैलिएपछि आवश्यक निर्णय लिन कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार तिनै जिल्लाका प्रजिअहरुको बैठक बस्न लागेको हो ।

बैठकले कोभिड नियन्त्रण र रोकथामका सम्बन्धमा आवश्यक निर्णय लिन सकिने आँकलन गरिएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले प्रमुख शहरहरुमा कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिन मन्त्रिपरिषद्‌मा सिफारिस गरेको छ ।

बैठकले प्रमुख शहरहरुमा सक्रिय संक्रमितको संख्या ५०० पुगेमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा लकडाउन लागू गर्नसक्ने निर्णय गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको हो। यहि सुनेर आफुहरु बस्न लागेको र त्यसपछि आवश्यक निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले बताउनुभयो ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech