अमेरिकाले भारतलाई कोभिसिल्ड उत्पादनका लागि कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

काठमाडौं: अमेरिकाले भारतलाई कोरोना विरुद्धको भ्याक्सिन कोभिसिल्ड उत्पादनका लागि कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने भएको छ ।

महामारीको सुरुमा भारतले अमेरिकालाई आवश्यक सहयोग गरेकाले अहिले आफूहरुले सहयोग गर्न चाहेको र भ्याक्सिन उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने अमेरिकाका राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै भन्नुभएको छ ।

राष्ट्रपति बाइडेनले अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भारतमा कोरोना सङ्क्रमण दर बढ्दो क्रममा रहेकाबारे फोनमा कुराकानी भएलगत्तै कच्चा पदार्थ उपलब्ध गराउने बताउनुभएको हो ।

उहाँले अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले गरेको ट्वीट सेयर गर्दै विगतमा भारतले गरेको सहयोग सम्झदै भारतलाई अहिले चाहिएको बेला आफुहरुले सहयोग गर्ने उल्लेख गर्नुभएको हो ।

अमेरीका र भारत कोभिड संक्रमणका कारण विश्वमा बढी प्रभावित छन् । संक्रमित संख्या सबैभन्दा बढी अमेरीका र त्यसपछि भारतमा पुष्टि भएको छ ।

भारतमा अहिले पनि कोभिड संक्रमण करिब नियन्त्रण बाहिर छ । एकैदिन तीन लाख बढीमा संक्रमण पुष्टि भैरहेको छ भने दिनमा २ हजार बढीले संक्रमणकौ कारण ज्यान गुमाइरहेका छन् ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech