कोभिडले बुवा गुमाएका छोराका पीडाः जीवनमै पहिलो पटक अस्पताल भर्ना हुनुभयो, तर उठ्न सक्नु भएन्

    • प्रमोद केसी

  • १३ बैशाख २०७८, सोमबार

हिंजोआज कोरोनाका हरेक समााचारले मेरो परिवार माथि परेको बज्रपात र मैले अस्पतालमा भोग्न परेको पीडालाई पुनःताजकी गराउँछ । कोरोना भाइरस महामारीले मेरो खुसी लुटेको छ । मेरो भरोसाको खम्वा ढालेको छ । मेरो मम्मीको सिउँदो पुछिएको छ ।

आजभन्दा ६ महिना अघि मेरो बुवालाई शवाशप्रश्वाशमा समस्या आएपछि मैले स्कुटरमा राखेर नेपालगन्ज स्थित भेरि अस्पतालमा लगे । पहिलो पल्ट थियो मेरो लागि अस्पताल ।

अस्पताालको धेरै कुराहरुवारे म अनविज्ञ थिएँ, जसोतसो बुवा आफुलाई गाह्रो हुँदा पनि विस्तारै हिड्दै यताउता गर्दै हुनुहुन्थ्यो। बुवालाई इमरजेन्सी वार्डमा भर्ना गरियो । र डाक्टरको सल्लाह बमोजिम वुवाको पीसीआर टेस्ट गरियो । नर्सले बुवाको नाडिमा क्यानुला घोच्दा वुवाले हाँस्दै पहिलो पटक यो हातमा घोच्दै छु भनेको अहिलेजस्तै लाग्छ । अस्पतालमै भर्ना हुने निश्चितपछि साझपख मम्मीले वुवाको कपडाहरु ल्याएर अस्पताल आउनुभयो । एक रात यही बस्नुभयो ।

भोलिपल्ट बुवाको पीसीआर रिपोर्ट पोजेटिभ आयो बुवालाई कोभिड वार्डमा सिफ्ट गरियो । मैले पनि त्यसैदिन पीसीआर टेस्ट गरे। त्यसैदिन सरकारले कोभिड बिरामीलाई चाहिने समपुर्ण औषधि आफै वन्दोबस्त गर्नुपर्नु निर्णय गर्यो ।

बुवाको अवस्था सामान्य नै थियो । कोभिड वार्डमा बुवाको हेरचाह राम्रो हुन्छ भन्ने सुनेको थिएँ । कुरुवा भित्र गैसकेपछि फर्किन नपाइएला भन्ने लागेर कोभिड पुष्टि भएको पहिलो दिन म बाहिरै बसे । किनकी म भित्र पसे बुवालाई चाहिने औषधि कस्ले ल्याइदेला भन्ने चिन्ता लाग्यो । म त्यो रात कोभिड वार्ड बाहिर राखिएको प्रयोग नभएको बेडमा सुते । भोलिपल्ट मेरो पनि कोभिड रिजल्ट पोजेटिभ आयो । मलाइ खासै लक्षण चिन्ह थिएन् । म पनि बुवासँगै बुवाको हेरचाह गर्न बस्ने भए ।

म भोलिपल्ट कोभिड वार्डमा छिरे । त्यतिबेला सम्म मलाई कोभिड यतिको भयङ्कर होला भन्ने लागेकै थिएन । बुवालाई अक्सिजन मास्कमा राखिएको थियो । बुवालाई अलि गाह्रो भइरहेको जस्तो महसुश गरे । म पनि बुवाको छेउको बेडमा विरामीको रुपमा भर्ना भए । मेरो पनि जीव्रोका स्वाद हराइसकेको थियो । हल्का खोकी र ज्वरो थियो । तरपनि बुवालाई गाह्रो भइरहेका कारण म आफ्नो प्रवाह नै नगरि वुवाको हेरचाहमा तल्लीन थिएँ ।

एकदिन बुवालाई खाना खुवाउदै गर्दा एउटा डरलाग्दो आवाज कानमा पर्यो । एकजना बिरामी जोरजोर सँग कराउँदै थिएँ । आफूलाई लगाइएको सि प्याप मास्क फाल्न खोजिरहेका थिएँ । आफ्नो बेडबाट वाहिर हामफाल्ने प्रयत्न गरिरहेका थिएँ । उनको विरक्त चिच्याहट बेचैन थियो । अत्यासलाग्दो चीत्कार, बेडबाटै भुइमा खसौंला झैं लाग्ने उनको अनियन्त्रित छट्पटाहट ।

उफ । हेर्दा हेर्दै उनी जमिनमा लडे । डाक्टर र नर्स उनलाई उठाउने प्रर्यत्न गरिरहेका थिए । तर सकिरहेका थिेएनन । दौडिएर म पनि त्यही पुगे । उनले त्यही दिसापिसाव गरिसकेका थिएँ । कुरुवा बसेकी श्रीमतिले सबै सफा गरिन । डाक्टर र नर्स मिलेर उनलाई वेडमा राखियो । केहीदिन पनि उनको त्यो अनियन्त्रित छट्पटाहट शान्त भयो । उनी कहिले नउठ्नेगरी चीर निद्रामा परे ।

उनको देहान्त पछि थाहा भयो उनी प्रतिष्ठित कलेजको प्रोफेसर रैछन् । उनको देहान्तको खबर थुप्रै न्युज पोर्टलले छापेका थिए । हजारौँले त्यसमा समबेदना प्रकट गरेका थिए ।

यसो सोचे मरिसकेपछिको समबेदनाको के अर्थ ? मरिसकेपछि नामको के अर्थ ? बाञ्चुन्जेल गरेको त्यो अहङ्कारको के अर्थ ? श्वास त साच्चिकै एक मुठिको पो रहेछ । म भने मेरो बुवाको यस्तो अवस्था नआवोस भनेर भगवानसँग प्रार्थना गरिरहेको थिए । तर मैले सोचेको जस्तो बुवाको स्वास्थ्यमा सुधार भइरहेको थिएन । अवस्था विस्तारै विग्रदै थियो । बुवालाई प्लाजमा थेरापि पनि दिइयो । रेमडिसिविर पनि दिइयो । तर सुधारको संकेत भने देखिएको थिएन् । बुवा झन गल्दै जान थाल्नुभएको थियो ।

आफ्नो स्वास्थ्यको खासै प्रवाह थिएन् । डाक्टर र नर्सहरुलाई सोध्न मन लाग्थ्यो र सोध्थे बुवालाई कहिलो निको हुन्छ ? उनीहरु भन्थे यो रोगै यस्तै छ । निको हुन पनि सक्छ नहुन पनि सक्छ । उनीहरुको जवाफले मन भारी भएर आउथ्यो । तर आफु र आफ्नो मान्छे मर्छ जस्तो मलाई कहिल्यै लागेन् । खै अरुलाई के लाग्छ थाहा छैन । मम्मी, मामा, ठूलो बुवा लगायत सबै परिवार बुवालार्इ बचाउन लागिपरेका थियौं ।

भोलिको दिन त सुधार आउला भन्ने आशैआशमा दिनहरु बितिरहेका थिएँ । कोही बिरामी निको हुँदा पनि कति खुसी लाग्थ्यो । बुवा कहिले त्यसरी निको हुनुहोला र घर जाउँला झै लाग्थ्यो । दँशै पनि अस्पतालमै वित्यो ।

कति पटक एक्लै भक्कानिए । तर म नै कमजोर भए बुवालाई कस्ले हेर्छ भन्ने लागेर आफुलार्इ समहाल्थे । बुवालाई जसरी पनि निको पारेर घर लान्छु भन्ने अठोट लिन्थे । र, आफुलाई सम्हाल्थे । थुप्रै आफन्तको फोन आउथ्यो । सबैलाई एउटा प्रश्नको एउटै जवाफ दिदा दिदा थाकिसकेको थिएँ । आफूलाई पनि कोभिड भएकाले हल्का काम गर्दा पनि थकान महसुश हुन्थ्यो ।

तर पनि बुवालाई ठिक पार्ने आशमा लागिपरेको थिएँ । अरु बिरामीको देहान्त हुँदापनि मन दुख्थ्यो । तर बुवाको मनोबलमा कमि नआवोस् भनेर त्यो खबर बुवालाई सकेसम्म थाहा नदिने प्रयास गरिरहन्थे । १९ औं दिनमा बुवाको पीसीआर टेष्ट गरियो । हातको प्लाष्टर पनि निकालियो । त्यो दिन बुवामा होस थिएन् । भोलिपल्ट १२ः २० मा बुवाको पीसीआर रिपोर्ट नेगेटिभ आयो । म खुसिले गदगद भए । सबैलाई कल गरेर अव थप उपचारका लागि काठमाडौं कि त दिल्ली लैजाने भनेर छलफलमा जुटिरहेका थियौं । डाक्टरले पनि डिस्चार्ज पेपर बनाउँदै थिएँ । तर फेरि अचानक बुवालाई अप्ठ्यारो हुन थाल्यो ।

मैले मेरो आँखैअगाडि मेरो बुवालाई कार्तिक २१ गते ५ः२० मा गुमाए ।  जिबनमा कहिले पनि अस्पताल भर्ना नभएको मेरो बुवा कहिले नउठ्ने गरी अन्तिम श्वास फेर्नुभयो । आज पनि यो सबै कुरा एउटा भयानक सपना जस्तो लाग्छ । बुवालाई खुसि दिनेछु र देखेका सपना पुरा गर्छु भन्दा भन्दै बुवा हामीबाट बिलिन भएर हावामा उडेर जानुभयो ।

बुवा त जानुभयो तर आज धेरै बुवाहरु पीडामा देखदा साचिकै असह्रय पीडा भइरहेको छ । मेरो बुवाले भोगेको पीडा कसैले भोग्न नपरोस् । मैले सहन गरेको पीडा कुनै पनि छोराले सहन गर्न नपरोस । हाम्रो परिवार माथि परेको बज्रपाात कसैलाइ नपारोस । अव त झन कोभिडको फेरिएको भेरिएन्ट झनै खतरनाक छ । कोरोना बास्तबिक छ र भयानक छ आफ्नो खयाल गर्नुहोला ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech