जितिन्छ कोरोना, १२ दिनमा ३०१ जना निको भए

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट निको भएर बाँकेमा १२ दिनमा ३०१ जना डिस्चार्ज भएका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार बैशाख १ गतेदेखि आज १२ गतेसम्म ३०१ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

संक्रमण जित्नेहरु संस्थागत तथा होम आइसोलेसनमा बसेकाहरु रहेको बताईएको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएपछि संक्रमित संख्या दिन प्रतिदिन बढिरहेको बाँकेमा कोभिड परास्त गर्नेहरुको संख्यापनि उत्तिकै बढिरेहेको छ ।

आइसोलसनमा रहनु भएकाहरुलाई खानामा ध्यान दिन, बेलाबेलामा अक्सिजन लेभल चेक गर्न र गार्गल गर्न चिकित्सकरुले सुझाएका छन् ।

उच्च मनोबलका लागि परिवारको साथ समेत आवश्यक रहेको भन्दै परिवारले पनि संक्रमितको विशेष ख्याल गर्न चिकित्सकहरले सुझाव दिएका छन् ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech