पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

तस्बिर:फाइल

काठमाडौंः पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १६४ पुगेको छ। गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पिसिआर परीक्षणमा ३ हजार ३२ र एन्टिजेनमा ९० गरी ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये १९ हजार ३ सय ८२ जना आइसोलेसनमा छन्। हाल ६९ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन्।३१७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। यस्तै

२५२ आइसियु र ६५ जना भेन्टिलेटरमा गरी ३१७ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार २८२ जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा २१ र प्रदेश २ मा ९ जना कोरोना संक्रमित आइसियुमा छन्। यहाँ कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा १२७ जना आइसियु र ४४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र १६ जना भेन्टिलेटरमा, कर्णालीमा १६ जना आइसियु र सुदूरपश्चिम प्रदेशमा १० जना आइसियु र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech