आइतबार पनि तीन हजार बढीमा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

काठमाडौं: देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षण र नाकामा रहेका हेल्थ डेस्कमा गरिएको एन्टिजेन परिक्षणमा आइतबार ३ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जना र ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ३ हजार १२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामा मात्रै २४ घण्टामा १४ सय ९४ जना संक्रमित फेला परेको जानकारी दिनुभएको हो।

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ ।आइतबारसम्म २५२ जना आईसीयूमा र ६५ जना भेन्टिलेटरमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको रिर्पोट मन्त्रालयमा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १६४ पुगेको छ।

 

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech