भेरीमा कोभिड संक्रमित दुई जनाको मृत्यु,एक जना अस्पताल पुग्दा पुग्दै अस्ताय

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

तस्बिर:फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण भेरी अस्पतालको आइसोलेसनमा थप दुईजनाको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा गुलरिया नगरपालिका-४ बर्दियाका ५६ वर्षिय पुरुष र कोहलपुर नगरपालिका-२ बाँकेका ४१ वर्षिय पुरुषको कोभिड संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

बर्दियाका ५६ वर्षिय पुरुषमा बैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना भई उपचारमा रहेको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उहाँको वैशाख १२ गते अर्थात आज आइतबार बिहान ११:५५ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका १०३ जनाको हालसम्म मृत्यु भइसकेको छ । त्यस्तै कोहलपुरका ४१ वर्षिय पुरुषमा बैशाख ८ गते कोभिड संक्रमण पुष्टि भएको थियो । उहाँ होम आइसोलेसनमा बस्नु भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पताल आउँदा आउँदै आइसोलेसन वार्डमा बिहान ९:१५ बजे उहाँको मृत्यु भएको जिल्लाका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै हालसम्म बाँकेमा कोभिडका कारण ज्यान गुमाउनेहरुको संख्या ८५ पुगेको छ ।

संक्रमण दर निरन्तर उकालो लाग्दै जादा गम्भीर संक्रमित बढेपछि बाँकेमा केहि दिनदेखि मृत्युदर पनि निरन्तर उकालो लागिरहेको छ । आज आइतबार मात्रै दिउँसोसम्म नेपालगन्ज मेडिकल कलेजमा १ जना र भेरी अस्पतालमा २ जना गरि ३ जनाले ज्यान गुमाइसकेका छन् ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech