कोहलपुरमा कोभिड संक्रमित ५७ वर्षिय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

कोहलपुर: कोरोना भाइरस संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप एकजनाको मृत्यु भएको छ ।

अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका-१३ बाँकेका ५७ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

बैशाख ४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना भई उपचारमा रहेको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उहाँको वैशाख १२ गते अर्थात आज आइतबार दिउँसो १:४० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेका ८४ जनाको हालसम्म मृत्यु भइसकेको छ । संक्रमण दर निरन्तर उकालो लाग्दै जादा गम्भीर संक्रमित बढेपछि बाँकेमा केहि दिनदेखि मृत्युदर पनि निरन्तर उकालो लागिरहेको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech