एचडियु सञ्चालन भएका सबै अस्पताललाई तस्बिर सहितको प्रगति विवरण पठाउन मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

तस्बिर:फाइल

काठमाडौं: हाई डिपेन्डेन्सी युनिट (एचडियु) सञ्चालन भएका सबै अस्पताललाई तस्बिर सहितको प्रगति विवरण पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । तीनदिन भित्र एचडियु सञ्चालन भएका सबै अस्पतालहरुलाई प्रगति विवरण पठाउन मन्त्रालयले भनेको हो ।

आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले अस्पतालहरुलाई तोकिएको समयभित्र एचडीयु सञ्चालन भएको विवरण नपठाए मन्त्रालयबाट उपलब्ध गराउने भनिएको रकम रोक्का राखिने चेतावनी समेत दिएको छ ।

उक्त विवरण [email protected] मा पठाउन मन्त्रालयले सूचित गरेको हो ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech