सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा छैन-परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

तस्बिर:फाइल

काठमाडौं:सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभएको छ । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यको बैठकपछि प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अहिले नै लकडाउन नगर्ने बताउनुभएको हो । उहाँले थप्नुभयो, ‘तत्काल राष्ट्रिय रूपमा लकडाउन गर्दैनौं ।

अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने हो । लकडाउन समाधान हैन । भर्खर भर्खर अर्थतन्त्र तङ्ग्रिन थालेको अवस्थामा सकभर अर्थतन्त्रमा, नागरिकको जीविकामा प्रतिकूल असर नपुगोस् भन्ने सरकारको चाहना रहेको उहाँले बताउनुभयो । ‘

हटस्पट ठाउँहरूमा लकडाउन हुन सक्छ तर त्यो स्थानीयस्तरमा मात्रै देशव्यापी लकडाउन चाहिँ सरकारले गर्दैन ।’ उहाँका अनुसार बैठकले एमाले कार्यकर्ता पंक्तिलाई कोभिड–१९ को नयाँ भेरियन्टविरुद्धको अभियानमा लाग्न निर्देशन दिने निर्णय गरेको छ ।

जिल्ला–जिल्लामा डेक्स राख्ने, विदेशबाट आएकालाई क्वारेन्टिनमा राख्नेजस्ता काममा खट्न प्रधानमन्त्री एवं अध्यक्षले ब्रिफिङ गर्नुभयो ,’ बैठकपछि प्रवक्ता ज्ञवालीले भने ।

कोरोना संक्रमण फैलिने क्रम बढेपछि काठमाडौं तथा ठूला सहरका विद्यालय बन्द गरिएको छ भने रात्रीकालीन व्यवसायलाई पनि राति ८ बजेपछि सञ्चालनको अनुमति दिइएको छैन। बाँकेमा संक्रमण नियन्त्रण बाहिर गएपछि स्थानिय प्रशासनले नेपालगन्ज उपमहानगरपालिका लकडाउन गरेको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech