बाँकेमा पालिका स्तरमा कोरोना, कहाँ कति ?

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

नेपालगन्ज :कोरोना संक्रमण तिब्र रुपमा फैलिएको बाँकेमा हाल २ हजार १२१ जना कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनसार सैबभन्दा बढी नेपालगन्ज उप-महानगरपालिकामा १ हजार ४३१ जना सक्रिय संक्रमित रहेका छन् ।

उप-महानगरपालिकामा हालसम्म ४ हजार १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमण जितेर २ हजार ६७२ जना डिस्चार्ज भएका छन् । संकमणका कारण हालसम्म उप-महानगरपालिकामा ४५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै कोहलपुर नगरपालिकामा हाल ३३२ जना कोरोनाका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

कोहलपुरमा हालसम्म १ हजार ३४० जनामा कोभिड पुष्टि भएको छ भने १ हजार १ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । त्यहाँ १७ जना संक्रमितले हालसम्म ज्यान गुमाएका छन् । हालसम्म ५१५ जनामा कोरोना संक्रमण पुष्टि भएको खजुरा गाउँपालिकामा ३८८ जना निको भएर डिस्चार्ज भईसकेका छन् ।

खजुरामा ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यहाँ हाल ११८ जना कोभिडका सक्रिय संक्रमित उपचारमा छन् । बाँकेको बैजनाथ गाउँपालिकामा २४७ जनामा कोभिड पुष्टि हुदा हालसम्म १८५ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

हालसम्म ५ जनाले ज्यान गुमाएको बैजनाथमा कोभिडका ५७ जना सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेको फोकलपर्सन वलीले जानकारी दिनुभयो । जानकी गाउँपालिकामा १७५ जनामा संक्रमण पुष्टि भएकोमा हालसम्म १२९ जना डिस्चार्ज भईसकेका छन् । हाल ४४ जना सक्रिय संक्रमित उपचारमा रहेको जानकीमा २ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।यसैबिच हालसम्म ११६ जनामा कोभिड पुष्टि भएको डुडुवा गाउँपालिकामा ७५ जना निको भईसकेका छन् भने ४१ जना अहिले स्वास्थ्य लाभ गरिरहेका छन् ।

हालसम्म डुडुवा गाउँपालिकामा कोभिडका कारण कसैको पनि ज्यान गएको छैन । कोभिडका कारण २ जनाले ज्यान गुमाएको नरैनापुर गाउँपालिकामा अहिलेसम्म १३१ जनामा संक्रमण पुष्टि भएको छ । अहिले १३ जना संक्रिय संक्रमित रहेको त्यहाँ १२६ जना कोभिड जितेर डिस्चार्ज भइसकेका छन् ।

३२१ जनामा हालसम्म कोभिड पुष्टि भएको राप्तीसोनारी गाउँपालिकामा २३३ जना संक्रमण जितेर डिस्चार्ज भएका छन् । ३ जनाले ज्यान गुमाएको राप्तीसोनारीमा हाल कोभिडका ८५ जना सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेको जिल्लाका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech