लजिस्टिक मात्र समस्या हैन,जनशक्ति तर्फ पनि सोच्नुपर्छ-डा.बिनोद कर्ण

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन। संक्रमण समुदायस्तरमा फैलिसकेको आँकलन छ । परिक्षणको दायरा जति बढ्छ, त्यति नै धेरै संक्रमित बढ्ने कुरामा दुई मत छैन । अहिले करिब पोजिटीभिटी दर ८० प्रतिशत रहेको छ। जिल्लाका ३ वटा प्रयोगशाला र जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा गर्ने गरिएको परिक्षणमा दैनिक करिब ५०० को हराहारीमा संक्रमण पुष्टि भईरहेको छ । अस्पतालका शैया खचाखच भरिएका छन् ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको भेरी अस्पतालको कोभिड वार्डको विस्तारित पूर्ण क्षमता १४२ बेड भएपनि हाल १८१ जना कोभिड बिरामीहरुलाई व्यवस्थापन गरिरहेका अस्पतालले जनाएको छ । मेडिकल कलेजमा पनि आइ.सि.यु बेड , भेन्टिलेटर प्याक छन् । अहिले उपचारका लागि शैया अभाव मात्र नभएर जनशक्तिको समेत व्यापक अभाव खट्किएको छ ।

एकजना नर्सले ३० बढी बिरामी हेर्नुपर्ने बाध्यता छन् । चिकित्सकहरुले यसतर्फ समेत सोच्न जरुरी रहेको प्रतिक्रृया दिइरहेका छन् । नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष तथा वरिष्ठ प्लास्टिक सर्जन डा. बिनोद कर्णले सामाजिक सन्जाल मार्फत लजस्टिक मात्रै समस्या नभएर स्वास्थ्यकर्मी (जनशक्ति) को चरम अभाव समेत समस्या रहेको उल्लेख गर्नुभएको छ ।
अध्यक्ष कर्णले सामाजिक सन्जाल मार्फत दिनुभएको सन्देश

कोरोना नियन्त्रण बाहिर जादै छ, संक्रमितहरु दिनानुदिन बढ्दै छन , मृतकहरुको संख्या प्रतिदिन बढ्ने क्रममै छ। यो कोरोनाको चेनलाई क्रमभङ गर्न जरुरी छ, जसको लागि हामी संयमित र अनुशासित हुनु अति जरुरी छ । लजिस्टिक (शैया, अक्सिजन, अन्य उपकरणहरु) पनि जरुरी छ , तर यो पनि ध्यान राखौ कि हाम्रो (स्वास्थ्यकर्मीहरु)को संख्या पनि सिमित छ, लजिस्टिक ले मात्रै विश्वको कुनै पनि देशले कोरोना माथी विजय हासिल गरेको कुनै उदाहरण छैन , नत्र युरोप अमेरिका भारत लगायतका देशमा यत्रो विधि मान्छेको ज्यान जादैन थियो ।
त्यसैले हाम्रो (स्वास्थ्यकर्मी) को विनम्र अनुरोध :
कृपया संयम र अनुशासित बनौ , कोरोनाको क्रम भङ गरौ, स्वास्थ मापदण्डको पुरै पालना गरौ, कोरोना संक्रमणको संका लागे तुरुन्तै जाँच गरौ ,याद राखौं जति छिटो कोरोनाको पहिचान , त्यति धेरै निको हुने सम्भावना ।
होम आइसोलेसनमा बसेकाहरु बढी घोप्टो परेर आराम गरौ । नत्र भने कोरोना नियन्त्रण बाहिर गएमा जतिसुकै लजिस्टिक व्यवस्थापन गरेपनि टुलुटुलु हेर्नुको विकल्प रहदैन।

चिकित्सक संघ भेरीका अध्यक्ष डा. बिनोद कर्ण नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा प्लास्टिक सर्जनका रुपमा कार्यरत हुनुहुन्छ

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech