होमआइसोलेसनमा बसेका संक्रमितले गरे आत्महत्या

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

कोहलपुरः कोरोना भाइरसबाट संक्रमित कोहलपुर नगरपालिका-९ का ६० वर्षीय पुरुषले आत्महत्या गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बैशाख ३ गते कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

चिकित्सकको सुझावमा उनी होमआइसोलेसनमा बस्दै आएका थिए । स्वास्थ्य अवस्था सामान्य भएका उनले हिंजो साँझ पौने सात बजे घरमै आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

के कारणले आत्महत्या गरे खुल्न सकेको भने छैन् । तर होमआइसोलेसनमा बस्नेहरुलाई उचित परामर्श नहुँदा मानसिक समस्या बढ्ने गरेको मनोचिकिस्तकहरु बताउँने गरेका छन् ।

योसँगै बाँकेमा कोरोना संक्रमित ८३ जनाको मृत्यु भएको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech