नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । खजुरा गाउँपालिका-३ की ४७ वर्षीया महिलाको भेरीको कोभिड आइसोलेसन वार्डमा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनी बैशाख १ गते अस्पताल भर्ना भएकी थिइन् । उनको गएराती १०ः ३० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।