कोहलपुरकी ३६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका-१०  की ३६ वर्षीया महिलाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी बैशाख १० मा भर्ना भएका थिए ।

उनको आज विहान २ः ३० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले बताउनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ ।

(महिला हुनु पर्नेमा पुरुष भएकोमा क्षमा माग्दै सच्चाइएको छः सम्पादक)

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech