कोरोनाको असरः खजुरा क्यान्सर अस्पतालको सेवा भोलिदेखि बन्द

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०७८, शनिबार

नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सेवा भोलिदेखि एक हप्ताका लागि बन्द गरिएको छ । अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि इमरजेन्सी बाहेक अरु सबै सेवा बन्द गरिएको हो ।

अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशतमा पोजेटिभ पाइएको र यो अवस्थामा सेवा दिन नसकिने भन्दै एक साताका लागि सेवा बन्द गरिएको उल्लेख छ ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech