स्थिति उस्तै, ६५५ नमुना परिक्षणमा ४२९ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०७८, शनिबार

नेपालगन्ज: कोरोना भाइरस संक्रमण करिब नियन्त्रण बाहिर गएको बाँकेमा शनिबार एकैदिन ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशाला र जमुनाह स्थित हेल्थ डेस्कमा एन्टिजेन विधीबाट गरिएको परिक्षणमा उनिहरुमा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

भेरी अस्पतालमा रहेको प्रयोगशालामा शनिबार २८८ नमुना परिक्षण गर्दा २०४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । त्यस्तै नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा १५८ जनाको पीसीआर परिक्षण गर्दा ११८ जना र बागेश्वरी ल्याबमा १४० नमुना परिक्षण गर्दा ९३ जनामा संक्रमण पुष्टि भएको फोकलपर्सन वलीले जानकारी दिनुभयो ।

उता नेपालगन्ज स्थित जमुनाह नाकामा ६९ जनाको नमुना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको छ । दिन प्रतिदिन संक्रमित संख्या बढिरहदा संक्रमित बिरामीहरुको उपचारमा समस्या भैरहेको छ ।

चिकित्सकहरुले स्वास्थ्य सावधानी अपनाउन र सुरक्षित रहन निरन्तर सबैमा अपिल गरिरहेका छन् ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech